२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बजारमा ६ खर्ब ६५ अर्ब, कति छ राष्ट्र बैंकको ढुकुटीमा पैसा ?


सञ्चार डबली
  • मंगलबार, असोज १५ २०८१
  • 7.4K
    SHARES

  • images
    बजारमा ६ खर्ब ६५ अर्ब, कति छ राष्ट्र बैंकको ढुकुटीमा पैसा ?

    काठमाडौं । भदौ मसान्तसम्ममा बजारमा ६ खर्ब ६५ अर्ब ३३ करोड रुपैयाँ परिचालन भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत असारको तुलनामा बजारमा परिचालन भएको यो रकम १५ अर्ब रुपैयाँले कम हो ।

    असार मसान्तसम्ममा भने बजारमा ६ अर्ब ८८ अर्ब ४ करोड रुपैयाँ परिचालन भएको तथ्यांकले देखाएको छ ।

    तथ्यांकअनुसार भदौ मसान्तसम्ममा राष्ट्र बैंकको ढुकुटीमा ६ खर्ब १ खर्ब रुपैयाँ जगेडा छ । यो रकम भने गत असार मसान्तको तुलनामा करिब २८ अर्ब रुपैयाँले बढेको देखिएको छ ।

    हालसम्म राष्ट्र बैंकको दायित्व २१ अर्ब ४४ अर्ब रुपैयाँको छ । दायित्व पनि गत असारको तुलनामा करिब एक खर्ब रुपैयाँले बढेको छ ।

    राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार भदौ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा केन्द्रीय बैंकले ७ अर्ब ९२ करोड रुपैयाँ निक्षेप राखेका छन् । राष्ट्र बैंकमा सरकारको निक्षेप २ खर्ब ३८ अर्ब रुपैयाँ जम्मा भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend