२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

ज्योति विकास बैंकका ग्राहकलाई स्टुरेन्टहरुमा विशेष छुट


सञ्चार डबली
  • मंगलबार, असोज १५ २०८१
  • 5.6K
    SHARES

  • images
    ज्योति विकास बैंकका ग्राहकलाई  स्टुरेन्टहरुमा विशेष छुट

    ज्योति विकास बैंक लिमिटेडले विभिन्न चार रेस्टुरेन्टमा बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

    यस सम्झौताअन्तर्गत, बैंकले कमलपोखरीस्थित “अचार घर”, दरबारमार्गस्थित “महोत्सव रेष्टुरेण्ड एण्ड बार” हात्तीसारस्थित “नेपाल हाउस रेष्टुरेण्ड एण्ड बार” तथा कमलादीस्थित”क्याफे लायन हर्ट तन्दुरी किचेन”मा बैंकका ग्राहकहरूले १०५ सम्मको आकर्षक छुटको फाइदा लिन सक्नेछन्।

    सम्झौतापत्रमा हस्ताक्षर भएसँगै, ग्राहकहरूले एक वर्षको अवधिसम्म स्वादिष्ट परिकारको साथ छुटको लाभ पाउने छ

    आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको हित उच्च प्राथमिकतामा राखेको छ।

    स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यता राख्दछ, बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ।
    यस्ता जिवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ।

    ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend