२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

संविधानलाई ट्रयाकमा ल्याउन नागरिकता विधेयक प्रमाणीकरण गरियोः प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • सोमबार, जेठ २२ २०८०
  • 8.8K
    SHARES

  • images
    संविधानलाई ट्रयाकमा ल्याउन नागरिकता विधेयक प्रमाणीकरण गरियोः प्रधानमन्त्री दाहाल

    काठमाडौं, २२ जेठ । संसदमा दुई दुईपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर तत्कालीन राष्ट्रपतिबाट संविधान मिचिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

    आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उनले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधान मिचिएको बताएका हुन् । संघीय संसदको दुवै सदनले दुईपटक पारित गरेर प्रमाणीकरण गर्न पठाएको नागरिकता विधेयक रोकेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेको बताए ।

    मिचिएको संविधानलाई ट्रयाकमा ल्याउन वर्तमान राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । सरकार परिवर्तनसँग आउने नयाँ सरकारले पूर्ववर्ती सरकारले गरेका कार्यलाई निरन्तरा दिनुपर्ने भन्दै उनले संसद पनि अविछिन्न उत्तराधिकार संस्था रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend