२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

शेयर बजार पुनः २५ सयमाथि उक्लियो : आज ४४.४५ अङ्कले बढ्यो, कति भयो कारोबार ?


सञ्चार डबली
  • सोमबार, असोज १४ २०८१
  • 6.0K
    SHARES

  • images
    शेयर बजार पुनः २५ सयमाथि उक्लियो : आज ४४.४५ अङ्कले बढ्यो, कति भयो कारोबार ?

    काठमाडौं, असोज १४ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक १.८० प्रतिशत अर्थात ४४.४५ अंकले बढेर २ हजार ५०८.८६ विन्दुमा पुगेको छ ।

    यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.४४ प्रतिशतले बढेर ४५१.३४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको ९७ लाख  १७ हजार ९५६ कित्ता सेयर ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

    आजको बजारबारे बजार जानकार अजयसिंह थाप(जयशम्भु) भन्छन्,  ‘आजको कारोबार पछि बजार घट्न लगभग रोकिएको भन्न सकिन्छ । बजारमा कारोबार र भोल्युम खासै नबढेकाले घट्न रोकिएको निश्चित भने भईसकेको छैन । यदि आगामी कारोबारमा ४०–५० अंक बजार बढेर ८ अर्ब भन्दा बढी औषत कारोबार भएमा बजारले अपट्रेण्ड लिएको मान्न सकिन्छ । ’

    तर त्यसको लागि भने बजार २५४० को विन्दु भन्दा माथि टिक्नु पर्ने थापाले बताए । दशैंको प्रभावका कारण कारोकार बढ्न नसकेको र एकुमुलेशनकै अवस्था रहेको उनले बताए ।  

    अर्का बजार जानकार सुवासचन्द्र ढुङ्गानाले पनि अहिले नै बजारले अपट्रेण्ड लिईनसकेको बताए ।‘अझै एक दिन बजार बढेको खण्डमा बजारले अपट्रेण्ड लिएको मान्न सकिन्छ । र यसको लागि ५ अर्ब बढीको कारोबार हुनुपर्छ,’उनले भने ।      

    यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज फाइनान्स समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ४.१९ प्रतिशतले बढेर २ हजार ८२६.०२ विन्दुमा पुग्यो ।  

    यस्तै आज विकास बैंक समूह १.१८ प्रतिशत,विकास बैंक १.९३,होटल ३.२८,हाईड्रो १.२२,लगानी २.४५,जीवन बीमा १.७८,उत्पादन तथा प्रशोधन ३.८३,लघुवित्त १.८५,निर्जीवन बीमा ०.७१,अन्य २.३७ र व्यापार समूह १.५२ प्रतिशतले बढ्यो ।  

    धेरै कारोबार गर्ने कम्पनीहरु

    यो दिन सिईडिबि हाईड्रोका सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १७ करोड ६९ लाख बढीको कारोबार भयो । सर्वोत्तम सिमन्ेटको आज १७ करोड १५ लाख,शिवम् सिमन्टको १५ करोड ३३ लाख,नेपाल फाइनान्स १३ करोड १ लाख र हिमालयन रि इन्स्योरेन्सको ८ करोड ७६ लाख बढीको सेयर कारोबार  भयो ।  

    धरै कमाउने र गुमाउने कम्पनीहरु

    आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सिईडिबि हाईड्रो,कुमारी सबल योजना र युनाइडेट मोदीको हाईड्रोपावरमा अपर सर्किट लाग्यो ।  

    यस्तै आज सर्वोत्तम सिमेन्टको सेयरमूल्य ९.४७ प्रतिशत,सोनापुर मिनरल्सको ९.११ प्रतिशत,शिवम् सिमेन्टको ७.९१,महुली लघुवित्तको ७.३८ र हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य ७.१० प्रतिशतले बढ्यो ।  

    यो दिन प्रभु सेलेक्ट फण्डको इकाईमूल्य सर्वाधिक अर्थात ९.३६ प्रतिशतले घट्यो । यस्तै नबिल ब्यालेन्स्ड फण्डको ७.२९,प्रभु स्मार्ट फण्डको ७,ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड१ को ४.८६ र एनएलजी इन्स्योरेन्सको सेयरमूल्य ४.६५ प्रतिशतले घट्यो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend