२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

दसैँ, तिहार र छठपर्वको अवसरमा सिटी वालेटको विशेष क्यासब्याक अफर घोषणा


सञ्चार डबली
  • सोमबार, असोज १४ २०८१
  • 8.0K
    SHARES

  • images
    दसैँ, तिहार र छठपर्वको अवसरमा सिटी वालेटको विशेष क्यासब्याक अफर घोषणा


    काठमाडौं । सिटी वालेटले दसैँ, तिहार र छठपर्वको अवसरमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ । नेपालको सबैभन्दा कान्छो वालेट कम्पनीको रूपमा स्थापित सिटी वालेटले ग्राहकले आफै रेमिट भुक्तानी गर्ने प्रक्रियालाई प्रोत्साहन गर्न उक्त क्यासब्याक घोषणा गरेको हो ।

    ५ हजार रूपैयाँ भन्दा बढी रकमको रेमिटान्स सिटीपे वालेटमार्फत प्राप्त गर्दा CITYPAY प्रोमो कोड प्रयोग गरी २०० रुपैयाँ रकम बराबरको बोनस ब्यालेन्स तथा हरेक दिन रेमिटेन्स भुक्तानीमा पहिलो १८ जना ग्राहकहरूलाई ५०० रूपैयाँ बराबरको बोनस गरी कुल ७०० रूपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  

    विदेशस्थित सिटी एक्सप्रेसका पार्टनर रेमिट कम्पनीबाट सिधै वालेट लोड कारोबार गर्ने वालेटले समेत उक्त क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै दसैँ तिहारलाई लक्षित गरी आन्तरिक उडान बुकिङमा समेत आकर्षक क्यासब्याक गरिने कम्पनीले जनाएको छ ।

    आन्तरिक उडान बुकिङमा ग्राहकहरूले सिटीपे एपमार्फत उडान बुक गर्दा FLIGHT200 प्रोमोकोड प्रयोग गरी ३०० रूपैयाँ भन्दा बढीको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । सिटी वालेट प्राइभेट लिमिटेडका प्रमुख व्यावसायिक अधिकृत प्रकाश चालिसेले दसैँ, तिहार र छठको समयमा हाम्रो ग्राहकहरूलाई क्यासब्याक अवसरहरू प्रदान गर्न पाउँदा खुसी लागेको बताए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend