२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रधानमन्त्रीले सभामुखलाई भने, ‘प्रतिपक्षले उठाएको विषयमा आज जवाफ दिन्छु’


सञ्चार डबली
  • सोमबार, जेठ २२ २०८०
  • 7.3K
    SHARES

  • images
    प्रधानमन्त्रीले सभामुखलाई भने, ‘प्रतिपक्षले उठाएको विषयमा आज जवाफ दिन्छु’

     

    काठमाडौ, २२ जेठ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अवरोध हटाउन छलफल सुरु गरेका छन् । सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सदनको अवरोध हटाउने विषयमा छलफल गरेका हुन । उनले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गनसमेत आग्रह गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठक अवरोध भएलगत्तै सभामुखले प्रधानमन्त्री दाहालसँग टेलिफोन संवाद गरेर सो आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

    सभामुखले आइतबार साँझ पनि सदनको अवरोध हटाउन सरकारका तर्फबाट पहल गर्न आग्रह गरेका थिए । ‘प्रधानमन्त्रीको भारत भ्रमणका कारण चार दिन व्यतित भइसकेको छ, अझै सदनमा अवरोध हुने हो भने बजेट पारित गर्न समय अभाव हुन्छ,’ प्रधानमन्त्रीलाई सभामुखले भनेका थिए, ‘समयमा नै संवादबाट निकास खोजौं, अब सदन अवरोध भइरहन सक्दैन ।’

    सभामुखसँगको संवादमा प्रधानमन्त्रीसमेत रहेकाा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको जनाउँदै आाजको संसदमा आफूले प्रष्टिकरण दिने जनाएका छन । ‘म एमाले अध्यक्ष केपी शर्मा ओली सहित विपक्षी दलसँग पनि कुरा गर्छु, सरकारका तर्फबाट लचकता र पहल हुन्छ,’ प्रधानमन्त्रीले सभामुखलाई विश्वस्त तुल्याउँदै भनेका छन ।

    सभामुखले एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही मार्फत विपक्षी दलहरुलाई बजेट पारित गर्ने समयसीमा बुझिदिन आग्रह गरेका छन् ।

    भारत भ्रमण जानु अघि नागरिकता बिधयेक प्रमाणित गरेको तथा सिमा बिबाद मिलाउनका लागि ब‌‌गलादेश जाने सहज बाटो दिए भारतसँग कालापानी साटन मन्जुर रहेको जनाए पछि एमालेलगायत प्रतिपक्ष दलले प्रधानमन्त्रीकोा जवापः माग गर्दै हिजोवाट सदन अबरुद्ध गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend