२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सदनका दुबै बैठक बस्दैः आइतवार अबरुद्ध बैठक आज सुचारु हुँनसक्ने


सञ्चार डबली
  • सोमबार, जेठ २२ २०८०
  • 9.0K
    SHARES

  • images
    सदनका दुबै बैठक बस्दैः आइतवार अबरुद्ध बैठक आज सुचारु हुँनसक्ने


    काठमाडौं, २२ जेठ । आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक अपरान्ह १ बजे बस्नेछ ।

    बैठकमा सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको बजेटमाथि छलफल तथा बहस सुरू हुनेछ । तर, हिजोको बैठक प्रमुख प्रतिपक्ष दलले अवरुद्ध गरे पछि छलफल नै सुरु नभई स्थगित भएको थियो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा बंगलादेशसम्म सिमा पहुँचका लागि नेपाली भुमी कालापानी साटफेर गरेर सिमा बिबाद मिलाउन सकिने भन्ने अभिव्क्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलगायतले प्रधानमन्त्रीको जवाफ माग गर्दै हिजो संसद अवरुद्ध गरेका थिए ।

    प्रमुख प्रतिपक्ष दल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद सुचारु गर्न नदिए पछि आधा घन्टाका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको थियो । सहमति खोज्नका लागि स्थगित भएको बैठक सहमति जुटन नसके पछि आज बिहान ११ बजे बोलाईएको हो ।

    उता, राष्ट्रियसभा बैठक भने सुचारु भई शोक प्रस्ताव पारित गरे पनि त्यसपछि बैठक अघि बढन सकेन । प्रतिपक्ष दलले अवरोध गरे पछि आधा घन्टाका लागि स्थगित बैठक सुचारु हुन नसके पछि आज अपरान्ह १ बजेका लागि बोलाईएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend