२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

शरणार्थी प्रकरणः १० दिनपछि मात्रै आदेश आउने


सञ्चार डबली
  • आइतबार, जेठ २१ २०८०
  • 9.4K
    SHARES

  • images
    शरणार्थी प्रकरणः १० दिनपछि मात्रै आदेश आउने


    सिन्धुपाल्चोक, २१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुलाई थुन्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेबारे जिल्ला अदालत, काठमाडौंले ३१ जेठ (अर्को बुधबार) आदेश गर्ने भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दुवै पक्षको बहसका लागि समय व्यवस्थापन गर्न आदेश दिँदै त्यो दिन मध्याह्नअघि बहस टुंग्याउन आग्रह गरेका हुन् ।

    शुरुमा सरकारी वकिललाई २ दिन बहसका लागि समय दिने छलफल भएको थियो । टोपबहादुर रायमाझीका कानून व्यवसायीहरुले आफूहरुलाई पुरै एक दिन आवश्यक पर्ने भन्दै समय मागे । त्यसपछि सरकारी वकिल, जाहेरीकर्ताका कानून व्यवसायी, आरोपितहरुका कानून व्यवसायीहरुका लागि समय व्यवस्थापन गरिएको हो ।

    ‘त्यो दिन चिया समयअघि तपाईंहरुले बहस सकिदिनुहोस्’ दुवै पक्षलाई उनले भने, ‘चिया समयपछि अध्ययन गर्न केहीबेर लाग्ला । त्यही दिन बेलुकासम्म आदेश दिनेछु ।’ अहिले सरकारी वकिलहरुले आरोपको पक्षमा बहस शुरु गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend