२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

संसद बैठक १ घण्टाका लागि स्थगित, प्रतिपक्षी दलको अवरोध


सञ्चार डबली
  • आइतबार, जेठ २१ २०८०
  • 8.6K
    SHARES

  • images
    संसद बैठक १ घण्टाका लागि स्थगित, प्रतिपक्षी दलको अवरोध

    काठमाडौं, २१ जेठ । प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि स्थगित गरिएको छ । आज निर्धारित समयभन्दा ढिलोगरी सुरु भएको प्रतिनिधिसभाको बैठक एमालेसहितका प्रतिपक्षी दलको अवरोधका कारण एक घण्टाका लागि स्थगित गरिएको हो ।

    नागरिकता विधेयक प्रमाणीकरणसहितका विषयलाई लिएर एमाले, रास्वपा, राप्रपासहितका दलका सांसदले उठेर विरोध जनाउँदै बैठक अवरुद्ध गरेका थिए । सभामुख देवराज घिमिरेले सभाको ध्यानाकर्षण भएको भन्दै बसेर बैठकलाई नियमित प्रक्रियामा लैजान सहयोग गर्न आग्रह गरे ।

    तर, उनीहरुले मानेनन्, उठेर विरोध जनाउँदै नाराबाजी गरिरहे । पटक पटकको आग्रह नमानेपछि सभामुख घिमिरेले आज नै बस्नेगरी एक घण्टाका लागि बैठक स्थगित गरेका हुँन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend