२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

शरणार्थी प्रकरणः खाँणको पक्षमा बहस गर्न एक दर्जन भन्दा बढी अधिवक्ताहरु इच्छुक


सञ्चार डबली
  • आइतबार, जेठ २१ २०८०
  • 9.4K
    SHARES

  • images
    शरणार्थी प्रकरणः खाँणको पक्षमा बहस गर्न एक दर्जन भन्दा बढी अधिवक्ताहरु इच्छुक

    काठमाडौं, २१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको पक्षमा बहस गर्न एक दर्जन बढी अधिवक्ताहरु इच्छुक देखिएका छन् । काठमाडौं जिल्ला अदालतमा आजदेखी सुरु हुने थुनछेक बहसमा खाँणको पक्षमा बहस गर्नु दुई पुर्व महान्यायधिवक्ता र तीन नेपाल बार एशोसियनका अध्यक्षलगायत बहस गर्ने भएका हुन ।

    जसअनुसार पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादव तथा बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्षद्धय शेरबहादुर केसी र प्रेमबहादुर खड्कालगायतका बरिष्ठ अधिबक्ताले बहस गर्नका लागि नाम टिपाएका छन् ।

    उता, सरकारका पक्षबाट भने सरकारी वकिल कार्यालयका अधिबक्ताहरू महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्नेछन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend