२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एमालेले आज कालापानी संबन्धी प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ माग्दै


सञ्चार डबली
  • आइतबार, जेठ २१ २०८०
  • 10.3K
    SHARES

  • images
    एमालेले आज कालापानी संबन्धी प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ माग्दै

    काठमाडौं, २१ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले हालै भारत भ्रमणबाट फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग्ने भएको छ ।बंगलादेशको फूलबारी बन्दरगाहसम्मको रुट उपलब्ध गराए नेपालले कालापानी र लिपुलेक भारतसँग साटफेर गर्न सकिने भन्दै प्रधानमन्त्री दाहालले दिएको अभिब्यक्तिलाई लिएर एमालेले जवाफ माग्न लागेको हो ।

    एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले शनिवार बसेको संसदीय दलको बैठकको निर्णायानुसार सो जवाफ माग्न लागेको जानकारी दिए । ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रहित बिपरित बंगलादेशको सिमासम्म पहुँच पुरयाउनका लागि नेपालले कालापानीको भु–भाग छाडन सकिने भन्दै प्रधानमन्त्रीले अभिव्यक्ति दिएको सार्वजनिक भएको छ, यो विषयमा आजको संसद बैठकमा हामी प्रधानमन्त्रीसँग जवाफ माग्छौं,’ सचेतक गिरीले भने । उनका अनुसार प्रधानमन्त्री दाहालको अभिब्यक्ति राष्ट्रघाती भएको भन्दै सो जवाफ मागिन लागिएको हो ।

    प्रधानमन्त्री दाहालले भारतको आफनो चार दिने औपचारिक भ्रमणको क्रममा बंगलादेशसँग सिमा पहुँच पुरयाउनका लागि कालापानीको भु–भाग साटफेर गर्न सकिने विकल्पका बारेमा पनि भारतीय पक्षसँग छलफल भएको जानकारी दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर एमालेले आपत्ति जनाएको हो ।

    एमालेले इपिजी प्रतिवेदनका बारेमा प्रधानमन्त्री दाहालले छलफल नगरेको विषयलाई पनि गम्भिरतापुर्वक लिएको छ । ‘सीमा समस्याको विषयलाई उहाँले उठाउन सक्नुभएन, ईपीजी प्रतिवेदन बुझ्ने सवालमा जुन ढंगले विषय उठाउन सक्नुपर्दथ्यो, यी विषयहरु पनि उहाँले उठाउनु भएन, यो भ्रमण राष्ट्रहितको पक्षमा हुन सकेन’ एमाले संसदीय दलको निष्कर्ष सुनाउँदै गिरीले भने ।

    उनका अनुसार ‘दिने काम भएको तर लिने काम हुन नसकेको भ्रमण’ को रुपमा एमालेले लिएको छ । आजबाट सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०८१ को बजेटमामाथि छलफल सुरु हुनु अघि एमालेले प्रधानमन्त्रीसँग भुमी साटफेरको विषयमा जवाफ माग्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend