२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

शरणार्थी प्रकरणः आरोपीमाथीको थुनछेक बहस आजबाट सुरु हुँदै


सञ्चार डबली
  • आइतबार, जेठ २१ २०८०
  • 9.1K
    SHARES

  • images
    शरणार्थी प्रकरणः आरोपीमाथीको थुनछेक बहस आजबाट सुरु हुँदै


    काठमाडौं, २१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपी माथीको थुनछेक बहस आजवाट सुरु हुँदैछ । हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भए पछि आज देखी थुनछेक बहस सुरु हुन लागेको हो । सो थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने–नपठाउने भन्ने बारेमा क्रमशः निर्णय लिइनेछ ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालिन गृह मन्त्री रामबहादुर थापकाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलगायतले बयान लिएका थिए । जुन बयान शुक्रबार सकिएपछि आजवाट थुनछेक बहस सुरु हुँन लागेको हो ।

    जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ सहितलाई फरार रहेका ३० जनालाई संगठित अपराध, किर्ते, ठगी तथा राज्य बिरुद्धको आरोप गरी चारवटा मुद्धा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा जेठ १० गते मुद्दा दायर गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend