२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आज नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा सुनुवाइ हुँदै


सञ्चार डबली
  • आइतबार, जेठ २१ २०८०
  • 10.6K
    SHARES

  • images
    आज नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा सुनुवाइ हुँदै


    काठमाडौं, २१ । राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणित गरेको नागरिकता विधेयकमाथी परेको मुद्धाको रिटमा आज सुनुवाइ हुँदैछ । राष्ट्रपतिले प्रमाणिकरण गरेको विधेयक असंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारी दर्ता गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँन लागेको हो । सो रिट गत शुक्रवार दर्ता भएको थियो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा निस्कनु अघि राष्ट्रपति पौडेलबाट प्रमाणीकरण गरेका बिद्येयक असंवैधानिक भएकाले लागू नगर्न–नगराउन अन्तरिम आदेशसमेत माग गरिएको छ। अघिल्लो संसदले बहुमतले पारित गरेको उक्त विधेयक प्रधानमन्त्री प्रचण्ड भारत जाने दिनमा राष्ट्रपति पौडेलले प्रमाणित गरेका थिए ।

    तत्कालिन सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय, शितल निवासमा पठाएको भए पनि निवर्तमान राष्ट्रपति बिद्यादेवी भण्डारीले सो विधेयक प्रमाणित गरेकी थिइनन । पहिलो पटक पठाउँदा राष्ट्रपति भण्डारीले संघीय संसद सचिवालयलाई १५ वटा प्रश्न सोधेर फिर्ता गरे पनि त्यसको कुनै जवाफ नदिई कांग्रेस–माओवादी गठबन्धनले बहुमतको आधारमा पुनः प्रमाणिकरणका लागि दोस्रो पटक पुनः सो बिद्येयक शितल निवास पठाईएको थियो ।

    त्यसपछि पनि प्रमाणित हुन नसकेको सो विधेयकलाई राष्ट्रपतिले जेठ १७ गते प्रमाणित गरे पछि विवादको घेरामा परेको छ । नयाँ संसद आईसकेको अवस्थामा पुरानो संसदले पठाएको बिद्येयक प्रमाणिकरण गरेको भन्दै संसद लगायत नागरिक समाजले राष्ट्रपतिको उक्त कदमको विरोध गरिरहेका छन् । सोही कदमको विरोधमा शुक्रवार दर्ता भएको रिटमा आज सुनुवाई हुन लागेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend