२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

संसद बैठक बस्दैः आजदेखि बजेटमाथी छलफल सुरु


सञ्चार डबली
  • आइतबार, जेठ २१ २०८०
  • 9.8K
    SHARES

  • images
    संसद बैठक बस्दैः आजदेखि बजेटमाथी छलफल सुरु

     

    काठमाडौं, २१ जेठ।संघीय संसदका दुबै सदनको बैठक आज बस्दैछ । जसअनुसार प्रतिनिधिसभाको बैठक र राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे  बस्ने छ । गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०–८१ को बजेट माथी आजबाट छलफल सुरु हुँन लागेको हो  ।

    बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

    यस्तै, बैठकमा विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्रहित विपरित अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend