२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेमकिपाले आज नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध जुलुश र धर्ना गर्दै


सञ्चार डबली
  • आइतबार, जेठ २१ २०८०
  • 9.2K
    SHARES

  • images
    नेमकिपाले आज नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध जुलुश र धर्ना गर्दै

    काठमाडौं, २१ जेठ । राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आज  राजधानीमा जुलुश र धर्ना कार्यक्रम गर्ने भएको छ ।

    आज बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुश गरेर संघीय संसद भवन नयाँं वानेश्वरमा धर्नामा बस्ने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाइले बताएका छन् । धर्नामा पार्टीका केन्द्रीय नेताहरुबाट सम्वोधन हुनेछ ।

    यसअघि बैशाख १७ गते बसेको पार्टीको सचिवालको बैठकले नागरिकता प्रमाणीकरण तत्काल रद्द गर्न माग गरेको थियो । त्यस पछिबाट निरन्तर पार्टीले जिल्ला जिल्लामा विरोध कार्यक्रम गर्दै आएको छ । यस अन्तर्गत केन्द्रीय राजधानी काठमाडौंमा जुलुश र धर्ना गर्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend