२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

राजनीतिमा प्रतिस्पर्धा र विकास एकता कायम गर्नुपर्छः बासुदेव थापा


सञ्चार डबली
  • शनिबार, जेठ २० २०८०
  • 8.7K
    SHARES

  • images
    राजनीतिमा प्रतिस्पर्धा र विकास एकता कायम गर्नुपर्छः बासुदेव थापा


    काठमाडौँ, २० जेठ । राजनीतिमा प्रतिस्पर्धा र विकास एकता गर्न भक्तपुरको सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले आग्रह गरेका छन् । आज मानवीय आस्था नेपालद्वारा आयोजित सूर्यविनायक नगरपालिकाको सहयोगमा भएको महिला उत्प्रेरणात्मक तथा अभिमुखीकरण समापन कार्यक्रममा मेयर थापाले विपक्षी दलहरूलाई यस्तो आग्रह गरेका हुन् ।

    उनले नगरपालिकामा सहयोग माग्न आउने संस्थाहरू धेरै भएको चर्चा गर्दै बिल मिलाएर पैसा खान खोज्ने संस्थाहरूलाई सहयोग गर्न नसकिने बताए । मेयर थापाले मानवीय आस्था जस्ता काम गर्ने संस्थालाई भने रकम दिने घोषणा गरे ।

    मानवीय आस्था नेपालका अध्यक्ष श्रीकुमार रञ्जित, महासचिव एवं कार्यक्रम संयोजक उतरा नेपाललगायतले मानवीय आस्था नेपालले भूकम्पलगायतका विविध समस्यामा परेका नगरबासीहरुलाई सहयोग गर्दै आएको चर्चा गरे । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका १० वटै वडाका वडा अध्यक्ष तथा संस्थाले दिएको तालिम कार्यक्रमका प्रशिक्षकलाई पनि प्रशंशा पत्र प्रदान गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend