२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

महानगरवासीलाई रोग लाग्न नै नदिनु हाम्रो पहिलो प्राथमिकता हो:सुनिता डंगोल


सञ्चार डबली
  • शनिबार, जेठ २० २०८०
  • 11.4K
    SHARES

  • images
    महानगरवासीलाई रोग लाग्न नै नदिनु हाम्रो पहिलो  प्राथमिकता हो:सुनिता डंगोल

    काठमाडौं, २० जेठ । काठमाडौं महानगरपालिकाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको काठमाण्डौ महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोलको भनाई छ । आज काठमाडौंमा नेपाल मधुमेही समाज र महानगरका जनप्रतिनिधिहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नगरवासीलाई रोग लागेपछिको उपचारभन्दा पनि रोग लाग्न नै नदिने उपायबारे महानगरले काम गरिरहेको बताइन् ।

    देश विकासका लागि जनप्रतिनिधिहरूको इच्छाशक्ति र शारीरिक स्वस्थता आवश्यक रहेको उनले बताइन् । धेरैजना जनप्रतिनिधिहरू प्रेसर र मधुमेहको रोगी रहेको भन्दै कार्यक्रमले धेरै सहयोग पुग्ने उनको भनाइ छ ।‘धेरैजना प्रतिनिधिहरू प्रेसरको पेसेन्ट हुनुहुन्छ । धेरैजना औषधि खानुहुन्छ, उनले भनिन्, स्वास्थ्य रहे हामी सबै छौँ, नरहे केही पनि छैन । 

    उनले भनिन् ‘आफ्नो मात्रै नभइ आफ्नो वडावासीको जीवनशैली सुधार गर्न र घर घरको रोग मधुमेहलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा पनि यहाँहरुले वडामा जनचेतनामुलक काम गर्दा स्वास्थ्य र घरसँग जोडिएको कार्यक्रम वडामा लैजान सहज हुँनेछ । त्यसैले पनि हामी रोग लाग्न नै नदिनेतर्फ जान सक्छौँ । रोग लाग्न नै नदिनु पहिलो हाम्रो प्राथमिकता हो ।’ अहिले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालिरहेकी डंगोलले यस्ता कार्यक्रमहरुले वडावासीको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने बताएकी छन् । अहिले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालिरहेकी डंगोलले यस्ता कार्यक्रमहरुले वडावासीको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने बताएकी छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend