२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रधानमन्त्री दाहालले गरे इन्दौरस्थित टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन


सञ्चार डबली
  • शनिबार, जेठ २० २०८०
  • 9.0K
    SHARES

  • images
    प्रधानमन्त्री दाहालले गरे इन्दौरस्थित टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन

    काठमाडौ, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाल मध्य प्रदेशमा रहेका छन् । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल नयाँ दिल्लीमा औपचारिक कार्यक्रमहरू सकेर शुक्रबार मध्य प्रदेश पुगेका हुन् ।

    मध्य प्रदेशमा आज प्रधानमन्त्री तथा भ्रमण दलका सदस्यहरूले इन्दौरमा रहेको टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गरेका छन् । प्रधानमन्त्रीसँग भ्रमण दलमा रहेका मन्त्री तथा व्यवसायीहरू पनि स्थलगत अवलोकनमा सहभागी थिए । प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा त्यहाँको परिसरमा वृक्षारोपण पनि गरेका छन् ।

    यसअघि प्रधानमन्त्री फोहोर व्यवस्थापन केन्द्र, टीसीएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गरेका थिए भने प्राचीन सहर उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिरमा पूजा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend