२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कांग्रेसप्रति जनताको निराशा बढेकाले पार्टीलाई सुधार गरि अघि बढाउनुपर्छः गगन थापा


सञ्चार डबली
  • बिहीबार , जेठ १८ २०८०
  • 8.2K
    SHARES

  • images
    कांग्रेसप्रति जनताको निराशा बढेकाले पार्टीलाई सुधार गरि अघि बढाउनुपर्छः गगन थापा


    पार्टीलाई सुधार गरि अघि बढाउनुको विकल्प नभएको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले पार्टी नेतृत्वको गलत निर्णयका कारण कांग्रेसप्रति जनताको निराशा बढेको भन्दै पार्टीलाई सुधार गरि अघि बढाउनुको विकल्प नभएको बताएका हुन् । उनले तल्लो तहमा गएर आवश्यक सुधार लिई त्यसका आधारमा पार्टी सुधारको अभियानलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

    अहिले कांग्रेस पहिलो पार्टी भएपनि कार्यकर्ता तहमा निराशा चुलिएको थापाको भनाइ छ । उनले चुनाव अघिको गठबन्धनले नै पार्टीप्रतिको विश्वासमा संकट देखापरेको अवस्थामा आगामी चुनावमा सारा दलबीच गठबन्धन भएपनि कांग्रेस एक्लै चुनाव लड्छ भन्ने आश्वस्त पार्नुपर्ने जिकिर गरे ।उनले नेतृत्वले ठिक ढंगले काम गर्न नसक्दा कार्यकर्ताहरूले पनि सही तवरले काम गर्न नसकेको यथार्थलाई अन्त्य गर्नुपर्ने बताए ।


    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend