२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तिव्रता दिनेः नरेन्द्र मोदी


सञ्चार डबली
  • बिहीबार , जेठ १८ २०८०
  • 10.4K
    SHARES

  • images
    रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तिव्रता दिनेः नरेन्द्र मोदी

     

    नयाँ दिल्ली, १८ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तिव्रता दिएर काम अघि बढाउने बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि हैदरवाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारत र नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध पुरानो र मजबुत रहेको बताउँदै रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तिव्रता दिइने जानकारी दिएका हुन् ।

    प्रधानमन्त्री प्रचण्ड र आफूले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई द्रुत गतिमा अघि बढाउने निश्चित गरेको मोदीको भनाइ छ । ‘नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध पुरानो र मजबुद् छ । यो सुन्दर कडी अझ मजबुत बनाउन प्रचण्डजी र मैले निश्चित गरेका छौँ कि रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई द्रुत गतिमा अघि बढाइनेछ,’ पत्रकार सम्मेलनमा मोदीले भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend