२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नागरिकता विधेयक प्रमाणीकरणको एनआरएनएले गर्‍याे स्वागत


सञ्चार डबली
  • बिहीबार , जेठ १८ २०८०
  • 8.9K
    SHARES

  • images
    नागरिकता विधेयक प्रमाणीकरणको एनआरएनएले गर्‍याे स्वागत


    लण्डन, १८ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकोमा गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीद्धारा हस्ताक्षरित एक विज्ञप्ति अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै ‘नेपालको संविधान २०७२’ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएको उल्लेख गरिएको छ ।

    विज्ञप्तीमा नेपालको संविधानको धारा ६१ को उपधारा ९२० ९३० ९४० र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त बमोजिम प्रमाणीकरण भएको यस नागरिकता विधेयकले विश्वभर छरिएर रहेका लाखौं गैरआवासीय नेपालीले सन् २००३ देखि उठाउँदै आएको ‘गैरआवासीय नेपाली नागरिकता’ को माग सम्बोधन गरेको उल्लेख छ । विज्ञप्ति अनुसार राष्ट्रपतिको कदमले ‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मूलमन्त्रलाई छिट्टै सार्थक बनाउनेमा पनि संघ विश्वस्त रहेको जनाइएको छ ।

    विश्वभरि रहेका नेपालीहरुलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई नेपाल भित्र्याउन थप दायित्व बोध गरेका छौ, बिज्ञप्तिमा भनिएको छ,गैरआवासीय नेपालीहरुको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको लागि समेत यस कदमले ठोस् वातावरण तयार पार्ने विश्वास लिएका छौं।

    ऐतिहासिक उपलब्धि हासिल गर्न मुख्य भूमिका निर्वाह गर्नुहुने नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री, प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, मन्त्रीहरु, सांसदहरु, नेपाल सरकारका मुख्य सचिव, सचिवहरु, सम्पूर्ण राजनीतिक दल लगायत कानूनविद्, सरोकारवाला, सञ्चारकर्मी एवं गैरआवासीय नेपाली संघका संस्थापकदेखि हालसम्मका पदाधिकारी तथा अभियन्ताहरु, नागरिकता निरन्तरता कार्यदलका प्रमुख तथा सदस्यहरु लगायत यस अभियानमा सहयोग गर्नु हुने सम्पूर्ण प्रति कृतज्ञता व्यक्त गरेको संघले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend