२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान


सञ्चार डबली
  • बुधबार, जेठ १७ २०८०
  • 8.0K
    SHARES

  • images
    कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान

     

    विराटनगर, १७ जेठ । कोशी प्रदेश नामांकनको विरोधमा आन्दोलन चर्किरहेका बेला यस प्रदेशका १४ जिल्ला सभापतिहरुले नाममा पुनर्विचार गर्न आह्वान गरेका छन् । प्रदेशसभा बैठक बसेसँगै विराटनगर क्षेत्र दैनिकजसो तनावग्रस्त बनिरहेका बेला कोशी प्रदेशका १४ जिल्लाका कांग्रेस सभापतिहरुले आज संयुक्त रुपमा विज्ञप्ति जारी गरेर नामांकनमा पुनर्विचार गर्न आह्वान गरेका हुन् । 
     
    उनीहरु प्रदेशसभाबाट पारित भएको कोशी प्रदेशको नाममा पुनर्विचार गर्न आह्वान गरेका हुन् ।  ‘कोशी नाम सम्बन्धमा पुनर्विचार गर्न पार्टी नेतृत्व तथा प्रदेशसभासँग विशेष आग्रह गर्दछौँ,’ जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । प्रदेशसभाबाट गत फागुन १७ गते कोशी नाम पारित भएसँगै उक्त प्रदेश क्षेत्र आन्दोलित भएको हो । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend