२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहित विरूद्ध रहेको छः रवि लामिछाने


सञ्चार डबली
  • बुधबार, जेठ १७ २०८०
  • 8.6K
    SHARES

  • images
    नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहित विरूद्ध रहेको छः रवि लामिछाने

    काठमाडौं, १७ जेठ । नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहित विरूद्ध रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बताएका छन्।सरकारको आग्रहमा राष्ट्रपति रामचन्द्र पौडेलले आज नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए। गत जेठ १२ गते मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको थियो।

    मन्त्रिपरिषदको आग्रह अनुसार राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि यसको समर्थन र विरोध भइरहेका छन्। रास्वपा सभापति लामिछानेले आज फेसबुकमा लेख्दै नयाँ संसदमा छलफलसमेत नगराई नागरिकता विधेयक प्रमाणीकरण गरिएको उल्लेख गरेका छन्।

    ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराई, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरित, लोकतान्त्रित संसदीय मूल्यमान्यता र राष्ट्रहित विरूद्ध छ,’ लामिछानेले भनेका छन्।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend