२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रधानमन्त्रीको भारत भ्रमण नेपालको राष्ट्रिय अखण्डतामाथिको प्रहार रोक्न केन्द्रित रहोस्ः प्रजातान्त्रिक युवा संगठन


सञ्चार डबली
  • बुधबार, जेठ १७ २०८०
  • 9.2K
    SHARES

  • images
    प्रधानमन्त्रीको भारत भ्रमण नेपालको राष्ट्रिय अखण्डतामाथिको प्रहार रोक्न केन्द्रित रहोस्ः प्रजातान्त्रिक युवा संगठन

    काठमाडौं, १७ जेठ । राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानमाथिको प्रहार रोक्न केन्द्रित गर्न आग्रह गरेको छ ।

    हालै भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु, विराटनगर समेटिएको विषयमा संगठनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपालको अखण्डतामाथि भइरहने भारतीय प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहनुपर्ने बताएको हो ।

    आजबाट प्रधानमन्त्री प्रचण्डले गर्ने भारत भ्रमणमा भारतीय त्रुटि सच्याउन लगाउनुपर्ने संगठनका संयोजक सुजिक केसीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र र अखण्ड राष्ट्रको स्वाभिमानमाथि नै प्रहार भएको हुँदा हामी भारत सरकारको यस्तो कदमको घोर निन्दा एवं भर्त्सना गर्दछौँ,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘यसप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण होस र नेपाल सरकारले आफ्नो भुगोल भारतीय नक्सामा समेटिएको विषयलाई शशक्त ढंगबाट प्रतिवाद गरोस् ।

    प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको अवसरमा यो विषय प्राथमिकताका साथ उठाई भारतलाई त्रुटिहरू सच्चाउन लगाइयोस् भनि हामी नेपाल सरकारसँग जोडदार माग गर्दछौँ । साथै भारत सरकारले नेपालको राष्ट्रियतामाथिको प्रहारलाई तत्काल रोक्न र सच्चाउन नेपालस्थित भारतीय राजदूतावासमार्फत मागसमेत गर्दछौँ ।’ भारत सरकारले गल्तीहरू नसच्चाए देशको राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा कठोर रुपमा आन्दोलन गर्ने मात्र होइन यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने संगठनले भनेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend