२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कोशी प्रदेशबाट बाहिरियो जसपा, मन्त्री लिम्बूलाई फिर्ता बोलायो


सञ्चार डबली
  • बुधबार, जेठ १७ २०८०
  • 7.9K
    SHARES

  • images
    कोशी प्रदेशबाट बाहिरियो जसपा, मन्त्री लिम्बूलाई फिर्ता बोलायो


    काठमाडौं, १७ जेठ । जनता समाजवादी पार्टी (जसपा) को कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ । सुनसरीको इटहरीमा आज सम्पन्न बैठकले प्रदेश सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।एक मात्र सांसद भएको जसपाबाट लिम्बु गत पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन् ।

    सरकारलाई दिएको समर्थन फिर्ता लिंदै मन्त्रीलाई फिर्ता बोलाइएको जसपा नेता रकम चेमजोङले जानकारी दिए । ‘यो सरकारले निकास दिएन, समस्यामात्र बल्झाउने काम गर्यो । नामकरणमा पनि समस्या ल्यायो,’ उनले भने, ‘त्यसैले यो सरकारमा बसिरहन आवश्यक छैन भन्ने निष्कर्ष निकालिएको हो ।’

    जसपा प्रदेश अध्यक्ष दीपक याख्खाले पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गर्ने बताए । ‘हामी सरकारबाट बाहिरिँदैछौं,’ उनले भने, ‘बाँकी विषय पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौं ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend