२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

भुटानी शरणार्थी प्रकरणः आज थप तीन प्रतिवादीको बयान


सञ्चार डबली
  • बुधबार, जेठ १७ २०८०
  • 8.8K
    SHARES

  • images
    भुटानी शरणार्थी प्रकरणः आज थप तीन प्रतिवादीको बयान


    काठमाडौं, १७ जेठ । आज नक्कली भुटानी शरणार्थी प्रकरणमा थप तीन प्रतिवादीको बयान लिने क्रम सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा उनीहरुको बयान सुरु भएको हो । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सचिव टेकनारायण पाण्डे, मुख्य योजनाकार भनिएका सानु भण्डारी र गोविन्द चौधरीको बयान लिन थालिएको हो ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीहरुको बयान जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा लिन थालिएको हो । अहिलेसम्म ८ प्रतिवादीको बयान लिइसकिएको छ । केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन, टंककुमार गुरुङ, सन्देश शर्मा, इन्द्रजित राई र नरेन्द्र केसीको बयान लिने काम सम्पन्न भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend