२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सांसद विकास कोषको बजेट पुँजीगत नै भएकाले दुरुपयोग हुँदैनःअर्थमन्त्री महत


सञ्चार डबली
  • बुधबार, जेठ १७ २०८०
  • 8.1K
    SHARES

  • images
    सांसद विकास कोषको बजेट पुँजीगत नै भएकाले दुरुपयोग हुँदैनःअर्थमन्त्री महत


    काठमाडौं, १७ जेठ । आर्थिक वर्ष २०८०–८१ को बजेटले आमूल परिवर्तन गर्न नसके पनि आर्थिक अवस्था सुधार गर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले दाबी गरेका छन् ।आज आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै मन्त्री महतले संकटपूर्ण आर्थिक अवस्था सुधारमा ठूलो काम हुने बताएका हुन् ।

    बजेटको अहिलेको आकारभन्दा पनि ठूलो बनाउन आफूलाई दबाब आएको बताउँदै उनले परिस्थितिका कारण केही ठूलो बजेट बनेको बताए ।सांसद विकास कोषको बजेट पुँजीगत नै भएको भन्दै उनले दुरुपयोग नहुने बताए । सांसद विकास कोषको बजेट सांसदले सिधै खर्च गर्न नसक्ने भन्दै उनले यसमा सांसदको भूमिका सिफारिस गर्ने मात्र हुने बताए ।


    तर मिडियाले बजेटका राम्रा कार्यक्रम ढाकेर सांसद विकास कोषको प्रचार गरेको गुनासो गर्दै मन्त्री महतले भने, ‘सांसद विकास कोषलाई मिडियामा बजेटका राम्रा कार्यक्रम ढाकेर प्रचार भयो, यो कोष होइन, कार्यक्रम हो, त्यही अनुसार बुझौं ।’

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend