२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

भारत भ्रमण निस्कनु अघि प्रधानमन्त्रीले भेटे चिनियाँ उच्च अधिकारी


सञ्चार डबली
  • बुधबार, जेठ १७ २०८०
  • 8.9K
    SHARES

  • images
    भारत भ्रमण निस्कनु अघि  प्रधानमन्त्रीले भेटे चिनियाँ उच्च अधिकारी

    काठमाडौं, १७ जेठ । भारत भ्रमणमा निस्कनु केही घन्टा अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार बिहान चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारी र प्रधानमन्त्री प्रचण्ड बिच भेटवार्ता भएको हो । भेटबार्ता जारी छ ।

    चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ स्यावहोइको नेतृत्वमा आएको १४ जनाको टोलीले बुधवार बिहानै बालुवाटार पुगेका हुन । उनीहरु हिजो राती मात्रै सिंगापुर एयरलाइन्सबाट काठमाडौं आइपुगेका हुन्।

    भारत भ्रमणमा निस्कनु केही घन्टा अघि चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीसँगको छलफललाई अर्थपुर्ण रुपमा लिईएको छ । तर, भेटघाटमा के भयो ? त्यो भने अझै बाहिर आएको छैन ।

    गत चैत १४–१७ सम्म चीनको राजधानी बेइजिङमा भएको ‘बोआओ फोरम फर एसिया’को निम्तो अस्विकार गर्दै अनुपस्थित भएका प्रधानमन्त्री प्रचण्ड आज दिउँसो १ बजे भारत जाँदैछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend