२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा युवाहरुको प्रदर्शन (फोटो फिचर)


सञ्चार डबली
  • मंगलबार, जेठ १६ २०८०
  • 9.5K
    SHARES

  • images
    सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा युवाहरुको प्रदर्शन (फोटो फिचर)


    काठमाडौं, १६ जेठ । क्रिकेटर सन्दीप लामिछाने न्यायका लागि युवाहरुले प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा मंगलबार भेला भएका युवाहरुले सन्दीपलाई चाँडो न्याय दिन माग गरेका छन् । अदालतमा विचाराधीन मुद्दाको किनारा चाँडो लगाउनुपर्ने उनीहरुको माग छ । लगातार पेसी सारिएपछि युवाहरु सडकमा उत्रिएका हुन् ।

    यसैबीच सन्दीपविरुद्धको मुद्दाको फैसला आज पनि हुन सकेन । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले फैसलाको सुनुवाइ गरेन । उक्त इजलासले पीडितले दायर गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनको टुंगो लागेपछिमात्र फैसला सुनुवाइ हुने बताएको हो ।

    साथै मुद्दाको अन्तिम किनारा नलागेकाले विश्वकप छनोट अघि दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा सन्दीप सहभागी नहुने भएका छन् । उनको लिगल टिमले मुद्दाको किनारा नलागेकाले सन्दीपलाई नपठाउने निर्णय गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend