२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कीर्तिमानी आरोही बुढामगरलाई माओवादीले गर्यो सम्मान


सञ्चार डबली
  • मंगलबार, जेठ १६ २०८०
  • 7.4K
    SHARES

  • images
    कीर्तिमानी आरोही बुढामगरलाई माओवादीले गर्यो सम्मान

    काठमाडौ, १६ जेठ । कीर्तिमानी आरोही हरि बुढामगरलाई नेकपा (माओवादी केन्द्र) ले सम्मान गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले उनलाई सम्मान गरेका हुन् ।

    सो अवसरमा उपाधक्ष महराले बुढामगरलाई बधाई दिँदै उनले सञ्चालन गर्न लागेका विश्व शान्ति अभियानमा आफ्नो पार्टीका तर्फबाट सहयोग रहने बताएका छन् । आरोही बुढामगरले अपाङ्गता भएका व्यक्तिका लागि माओवादी नेतृत्वको वर्तमान सरकारले राम्रा काम गर्ने विश्वास व्यक्त गरे ।

    घुँडासम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक बुढामगर यही जेठ ५ गते सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए । बुढामगर घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही बनेका छन् । बुढामगरले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend