२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

भारतीय संसद भवनको नक्साको विषय सरकारको नोटिसमा छः ऊर्जामन्त्री बस्नेत


सञ्चार डबली
  • मंगलबार, जेठ १६ २०८०
  • 8.3K
    SHARES

  • images
    भारतीय संसद भवनको नक्साको विषय सरकारको नोटिसमा छः ऊर्जामन्त्री बस्नेत


    काठमाडौं, १६ जेठ । भारतीय संसद भवनको नक्सा नेपाल सरकारको नोटिसमा रहेको ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् । संसदको पूर्वाधार समितिको बैठकमा समिति सदस्यहरूको जिज्ञासामा मन्त्री बस्नेतले भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी पनि राखिएको विषयमा जानकार भएको बताएका हुन् । ‘यो विषय सरकारको नोटिसमा छ,’ मन्त्री बस्नेतले भने, ‘कुन प्रकृतिको हो बुझ्न आवश्यक छ ।’

    बैठकमा सांसद ठाकुर गैरले यस विषयमा जिज्ञासा राख्दै भारतीय संसद भवनको नक्सामा नेपालको लुम्बिनी र कपिलबस्तुको नाम पनि रहेको विषय के हो भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । यस विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि टिप्पणी गर्दै भारतीय नेतृत्वले स्पष्ट पार्नु पर्ने बताएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend