२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान


सञ्चार डबली
  • मंगलबार, जेठ १६ २०८०
  • 8.9K
    SHARES

  • images
    प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान

    काठमाडौ, १६ जेठ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको छ । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेका हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिन आह्वान भएको छ। आज सिंहदरबारमा बसेको सुनुवाइ समिति बैठकले कार्कीविरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो।

    कार्कीविरूद्ध उजुरी आह्वान गर्ने सूचना गोरखापत्रमा पनि प्रकाशन हुनेछ। कार्कीविरूद्ध पत्र र इमेलबाट उजुरी दिन सकिनेछ।कार्की लामो समयदेखि कामु प्रधानन्यायाधीश छन्।सुनुवाइ समितिको बैठक ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशमशेर राणाको अध्यक्षतामा बसेको थियो।

    यो बैठकले सुनुवाइ समिति कार्यविधि पनि पारित गरेको छ। गत वैशाख २५ गते बसेको संवैधानिक परिषद बैठकले प्रधानन्यायाधीशमा कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend