२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

भारतीय संसदको भित्तेचित्रमा लुम्बिनी र कपिलबस्तु राखे पछि भट्टराईको आपत्ति


सञ्चार डबली
  • मंगलबार, जेठ १६ २०८०
  • 8.1K
    SHARES

  • images
    भारतीय संसदको भित्तेचित्रमा लुम्बिनी र कपिलबस्तु राखे पछि भट्टराईको आपत्ति


    काठमाडौं, १५ जेठ । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भारतले आफनो नयाँ संसद भवनमा राखिएको भिते चित्रमा अंकित भौगलिक पहिचान प्रति चासो ब्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उदघाटन गरेको संसद भवनमा अंकित भित्तेचित्रमा नेपालको कपिलबस्तु र लुम्बिनीलाई पनि भारतीय भुमी झै दर्शाउने गरी अंकित गरे पछि भट्टराईले चासो ब्यक्त गरेका हुन ।

    उनले नेपाली भुमि लुम्बिनी र कपिलबस्तुलाई नै भारतीय भुमि झै उल्लेख गर्ने बिषयले दुई देशका बिचमा आपसी कुटनीतिक सबन्धमा दरार आउनेसक्ने जनाएका छन् ।

    ‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद भवनमा ‘अखंड भारत’ को विवादास्पद भित्ते चित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ, यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको घाटालाई अझ बढाउने सम्भावना छ,’ उनले भनेका छन, ‘भारतीय राजनीतिक नेतृत्वले यस भित्तिचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खोलेर सञ्चार गर्नु बुद्धिमानी हुनेछ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend