२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

रेशम रिहा भएपछि गगन थापाले भने– ‘यो राजाको शासन होइन, यहाँ हुकुम चल्दैन


सञ्चार डबली
  • सोमबार, जेठ १५ २०८०
  • 7.8K
    SHARES

  • images
    रेशम रिहा भएपछि गगन थापाले भने– ‘यो राजाको शासन होइन, यहाँ हुकुम चल्दैन


    काठमाडौं, १५ जेठ । टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरेका रेशम चौधरीलाई आममाफी दिएकोप्रति नेपाली कांग्रेसका महामन्त्री गगन थापाले असन्तुष्टि व्यक्त गरेका छन् ।

    दुई साताअघि २ जेठमा सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी चौधरीलाई जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सदर गरेको थियो । तर, सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आउनुअघि नै उनलाई आममाफी दिने कार्यले अदालतलाई हेपेको थापाको भनाइ छ ।

    सरकारको सिफारिसमा आइतबार राष्ट्रपतिबाट आममाफी पाएपछि चौधरी आज बिहान डिल्लीबजार कारागारबाट रिहा भएका छन् । ७ भदौ २०७२ मा सात सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा चौधरीलाई तीन तहकै अदालतबाट दोषी ठहर गरेको हो । यही विषयलाई दिएर आज नेपाली कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अदालतलाई हेप्न नहुने बताए । आफूलाई अफ्ठ्यारो पर्दा विधिभन्दा बाहिर गएर निर्णय गर्न नहुने उनको भनाइ छ ।

    ‘यो राजाको शासन होइन। यहाँ हुकुम चल्दैन यो गणतन्त्र हो। गणतन्त्रमा केबल कानुन मात्रै चल्छ। कानुनको शासन मात्रै चल्छ,’ उनले भने, ‘हामीलाई सरकार चलाउन गाह्रो भयो भनेर कानुनलाई मिचेर थिचेर बलमिच्याइँ गरेर हामी कुनै निर्णय गर्छौं। अदालतको पूर्णपाठ भएको छैन । हतार हतार निर्णय गर्छौं । हामीले अदालतलाई हेप्यौं । हामीले जे गरे पनि हुन्छ भन्यौं ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend