२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कारागारमुक्त भएपछि माइतीघर मण्डलामा रेशम चौधरी (फोटोफिचर)


सञ्चार डबली
  • सोमबार, जेठ १५ २०८०
  • 8.4K
    SHARES

  • images
    कारागारमुक्त भएपछि माइतीघर मण्डलामा रेशम चौधरी (फोटोफिचर)

     

    काठमाडौं, १५ जेठ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएपछि टिकापुर घटनामा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका रेशम चौधरी आज रिहा भएका छन् । गणतन्त्रको अवसरमा सरकारको सिफारिसमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिएका हुन् ।

    आममाफी पाएपछि सोमबार बिहान डिल्लीबजार कारागारबाट उनी रिहा भएका हुन् । सात सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा दोषी भई आजीवन काराबासको सजाय भोगिरहेका उनी कारागारमुक्त हुँदा नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्तासहित उनका समर्थक डिल्लीबजार कारागार परिसर पुगेका थिए । रिहा भएका चौधरीलाई समर्थकहरुले अविर र फूलमाला लगाइदिएर स्वागत गरे ।

    रिहा भएसँगै पुल्चोकस्थित मन्त्री क्वाटर पुगेर माइतीघर मण्डलामा आएका चौधरीलाई नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरुले फूलमाला र खादाले स्वागत गरे । रेशमी पत्नी रन्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छिन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend