२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सरकारको सिफारिसले १४ बर्ष अगाबै रेशम चौधरी रिहा (तस्विरहरू)


सञ्चार डबली
  • सोमबार, जेठ १५ २०८०
  • 8.8K
    SHARES

  • images
    सरकारको सिफारिसले १४ बर्ष अगाबै रेशम चौधरी रिहा (तस्विरहरू)

     

    काठमाडौं, १५ जेठ । रेशम चौधरी भए ६ बर्ष पछि जेलमुक्त भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनको बाँकी सजायँमा आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको भोलीपल्ट नै चौधरी जेलमुक्त भएका हुन् ।

    टिकापुर नरसंहारको दोषी ठहर गरे पछि जेल जीवन बिताईरहेका चौधरी गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतलको फैसाला सदर गरे पछि उनी २०९४ सालसम्म जेल बस्नु पर्ने थियो । तर, सरकारले गणतन्त्र दिवसको अवसरमा जेलमुक्त गर्ने निर्णय लिए पछि उनी १४ बर्ष अगाबै जेलमुक्त भएका हुन ।

    डिल्लीबजार कारागारवाट जेल मुक्त हुँदा उनको स्वागतका लागि नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताले फुल अबिरमाला गरेका छन् । उनकी पत्निसमेत रहेकी मन्त्री रञ्जिता श्रेष्ठ पनि डिल्लीबजार कारागार पुगेकी छिन् । उनी २०७४ फागुनमा पक्राउ परेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend