२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आज गणतन्त्र दिवसः बिभिन्न कार्यक्रम गरी मनाइँदै


सञ्चार डबली
  • सोमबार, जेठ १५ २०८०
  • 12.4K
    SHARES

  • images
    आज गणतन्त्र दिवसः बिभिन्न कार्यक्रम गरी मनाइँदै


    काठमाडौं, १५ जेठ । आज गणतन्त्र दिवस । आजको १६ औं गणतन्त्र दिवसको अवसरमा नेपालसहित विदेशमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षताको गठित गणतन्त्र मुल समारोह समितिले देशैभरी राज्यको तहवाट बिभिन्न कार्यक्रम आयोजना हुँदैछ । मुख्यगरी, सैनिक मञ्च, टुडिखेलमा सरकारले आयोजना गर्ने विशेष समारोहकाबीचमा आज मुल कार्यक्रम हुनेछ । जुन कार्यक्रममा नेपाली सेना बिशेष परेडको आयोजना गर्नेछ ।

    सैनिक मञ्चमा आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्ड, सभामुख, प्रधानन्यायाधीश, उपप्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख तथा सदस्य, तीनैवटा निकायका सुरक्षा प्रमुखहरुको उपस्थितिमा सो भब्य कार्यक्रमको आयोजना हुनेछ ।

    यसैगरी, गणतन्त्र दिवसको अवसरमा सरकारी कार्यालय, राजनीतिक दल, राजनीतिक दलका भातृ संगठन, बिभिन्न संघ संस्थाहरुले पनि आ–आफना किसिमले बिभिन्न कार्यक्रमको आयोजना गर्ने गर्दछन् ।

    २०६२–०६३ को दोस्रो जनआन्दोलन सफल भएपछि मुलुक क्रमशः गणतन्त्र उन्मुख हुन पुगेको थियो । २४० बर्षे जहानिया शाषनको अन्त्य गर्दै २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकमार्पफत मुलुक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरिएको थियो । सो घोषणासँगै नेपाल गणतन्त्रतात्मक मुलक भएको अवसरमा हरेक बर्ष जेठ १५ मा गणतन्त्र दिवस मनाईदै आएको छ । सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend