२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रहरी र पहिचानवादीहरुबीच झडपः  तनावग्रस्त विराटनगर


सञ्चार डबली
  • आइतबार, जेठ १४ २०८०
  • 10.6K
    SHARES

  • images
    प्रहरी र पहिचानवादीहरुबीच झडपः  तनावग्रस्त विराटनगर


    काठमाडौं, १४ जेठ ।  पहिचानवादीहरुले प्रदेश १ को नाम कोशी राखिएको विरोधमा आन्दोलनरत विराटनगरको देवकोटा चोकमा प्रदर्शन गरेका छन् ।  प्रहरी र प्रदर्शनकारीबीच झडप भएका कारण स्थिति तनावग्रस्त भएको छ ।

    प्रदेश सभा छेउको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले रोक्न खोजेको थियो। त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। त्यसपछि प्रहरीले भिड तितरवितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ ।

    कोशी प्रदेशको नाम संशोधनको माग गर्दै प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति आन्दोलनमा छ । आजबाट प्रदेशसभा भवन घेर्न भन्दै भेला भएका प्रदर्शनकारीले एकै रंगको पोशाक र हेलमेट प्रयोग गरेका थिए । प्रदर्शनको क्रममा प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend