२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

पहिलेजस्तै विचारलाई निषेध गरिए देशमा अर्को ‘जनयुद्ध’ सुरु हुँन्छ :  सांसद सिंह


सञ्चार डबली
  • आइतबार, जेठ १४ २०८०
  • 8.2K
    SHARES

  • images
    पहिलेजस्तै विचारलाई निषेध गरिए देशमा अर्को ‘जनयुद्ध’ सुरु हुँन्छ :  सांसद सिंह


    काठमाडौं, १४ जेठ । देशमा अर्को ‘जनयुद्ध’ लाई निम्ता नदिन स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आग्रह गरेका छन् । संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सांसद सिंहले पहिलेजस्तै विचारलाई निषेध गरिए देशमा पुनः सशस्त्र संघर्ष सुरु हुनसक्ने तर्फ सचेत गराएका हुन् ।

    २०५१ सालमा दलहरूको दम्भले विचारलाई दमन गर्दा जनयुद्ध भएको स्मरण गराउँदै अहिले सोही दम्भ दलहरूमा देखिएको उल्लेख गरेका छन् । उनले यसअघि जनयुद्ध गरेर आएका नेताहरूलाई आफ्नो इतिहास नभुली सत्ताको खेलमा नलाग्नसमेत सुझाव दिएका छन् ।

    उनले संसदीय समितिहरूमा सबैको प्रतिनिधित्व नगरिएकोमा आपत्ति जनाए । ‘समिति गठन गर्दा सबै विचारको प्रतिनिधित्व हुनुपर्छ, त्यो हुन सकेन,’ सिंहले भने, ‘म यसको घोर भर्त्सना गर्दछु ।’

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend