२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

जलहरी प्रकरणमा ओलीलाई जोडेर संसद्मा अभिव्यक्ति दिनु उचित होइनः प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • शनिबार, जेठ १३ २०८०
  • 9.4K
    SHARES

  • images
    जलहरी प्रकरणमा ओलीलाई जोडेर संसद्मा अभिव्यक्ति दिनु उचित होइनः प्रधानमन्त्री दाहाल

    काठमाडौं, १३ जेठ ।  पशुपतिनाथको जलहरी प्रकरणमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जोडेर संसद्मा अभिव्यक्ति दिनु उचित नभएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् ।  पार्टीका सांसद लेखनाथ दाहालले सो प्रकरणबारे ओलीलाई जोडेर संसद्मा दिएको अभिव्यक्ति उचित नभएको प्रधानमन्त्री दाहालको स्वीकारोक्ति थियो । 

    आज संसदको बैठक सुरु हुनासाथ समय लिएर बोलेका प्रधानमन्त्री प्रचण्डले जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्रनधिकार पशुपति विकास कोसको भएको र यसमा कुनै विवाद नभएको बताएका छन् ।

    जलहरी राख्दा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको भन्दै उनले यसमा सरकारको सहयोग रहने बताए । उनले अगाडि भने, ‘पशुपति क्षेत्र विकास कोषसँग सबन्धित विषयमा प्रमुख प्रतिपक्ष दलको नेतालाई जोडेर विचार व्यक्त हुनु उचित होइन ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend