२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

राष्ट्रवाद फस्टाउनलाई राष्ट्रप्रेमको खाँचो हुन्छः पूर्वराजा ज्ञानेन्द्र शाह


सञ्चार डबली
  • शनिबार, जेठ १३ २०८०
  • 10.8K
    SHARES

  • images
    राष्ट्रवाद फस्टाउनलाई राष्ट्रप्रेमको खाँचो हुन्छः पूर्वराजा ज्ञानेन्द्र शाह

    काठमाडौं, १३ जेठ ।  विकास निर्माणका लागि एक आपसमा जुट्न पूर्वराजा ज्ञानेन्द्र शाहले आग्रह गरेका छन् । आज कर्णाली प्रदेशको सुर्खेतमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले लम्पसार परेर बाँच्नु नेपालीको अपमान हुने बताएका हुन् ।

    आफ्नो पहिचान नेपालीको शान भएको उनको भनाइ थियो । आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो । कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो,’ उनले भने । एकजुट भएर राष्ट्रको निम्ति एकसाथ अघि बढ्न उनको आग्रह थियो ।

    पूर्वराजा शाहको सम्बोधनको पूर्णपाठः
    आफ्नो पहिचान हाम्रो शान हो। आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो। कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो। हामी जहाँ जहाँ पुग्छौं, त्यहाँ त्यहाँ नेपालीहरुको यस्तै यस्तै आजाव सुन्छु। त्यसैले अब कसरी जाने ?, के कस्तो विधि व्यवस्था अंगाल्ने ? र हाम्रो गौरव गरिमालाई कसरी बचाउनेरु अब सोचौं, के गर्दा देशको राम्रो हुन्छ ? के नगर्दा देशलाई फाइदा हुन्छ, सोचौं। 

    राष्ट्रवाद फस्टाउनलाई राष्ट्रप्रेमको खाँचो हुन्छ। नेपालको पिरमर्का बुझ्न नेपाली मनले मात्र सक्छ। अब हामी भन्छौं, मिलौं। हामी सबै मिलौं। त्यसैले हामी भन्दछौं, जुटौं। हामी सबै एक भएर जुटौं। त्यसैले हामी भन्दछौं, हामी नफुटौं। परस्परमा सहकार्य गरेर विकासको निम्ति डटौं। त्यसैले फेरिपनि भन्छौं, जुटौं, खटौं र डटौं।  स्वधर्मबाट हटेर होइन एकजुट भएर राष्ष्ट्रको निम्ति एकसाथ अघि बढौं। हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ। सबैलाई फेरि एकपटक धन्यवाद, जयनेपाल।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend