२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

मुद्दा लगाइएर घेराबन्दी गरे पनि भ्रष्टाचारविरुद्धको अभियान रोकिदैन : रवि लामिछाने


सञ्चार डबली
  • शनिबार, जेठ १३ २०८०
  • 8.2K
    SHARES

  • images
    मुद्दा लगाइएर घेराबन्दी गरे पनि भ्रष्टाचारविरुद्धको अभियान रोकिदैन : रवि लामिछाने

    काठमाडौं, १३ जेठ । मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बताएका छन् । आज पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरूलाई नलखेटेसम्म आफूहरूले विश्राम नलिने बताएका हुन् ।

    सभापति लामिछानेले आफूमाथि जतिसुकै मुद्दा लगाइएर घेराबन्दी गरे पनि भ्रष्टाचार विरुद्धको अभियान नरोकिने बताएका छन्। उनले नेपाली जनताले पार्टीलाई भ्रष्टाचार नियन्त्रणका लागि मत दिएको जिकिर गर्दै त्यो कामलाई पहिलो प्राथमिकता दिएर अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धानमाथि पनि आफूहरूलाई शंका लागेको बताउँदै सभापति लामिछानेले संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend