२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

शरणार्थी प्रकरणले देशको अस्मिता लुटिएको छः झलनाथ खनाल


सञ्चार डबली
  • शनिबार, जेठ १३ २०८०
  • 9.7K
    SHARES

  • images
    शरणार्थी प्रकरणले देशको अस्मिता लुटिएको छः झलनाथ खनाल


    काठमाडौं, १३ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने पूर्वप्रधानमन्त्री झलनाथ खनालले चेतावनी दिएका छन्। आज काठमाडौंमा आयोजित १५औं गणतन्त्र दिवसः उपलब्धि र रक्षा, नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका समसामायिक विषयक विशेष अन्तर संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री बोल्दै साँचो अपराधीहरुलाई नछोड्न र निर्दोषलाई नफसाउन आग्रह गरेका छन् ।

    उनले नक्कली भुटानी शरणार्थीको केस लज्जास्पद विषय भएको र यसले देशको अस्मिता लुटिएको समेत बताएका छन् । पूर्वप्रधानमन्त्री खनालले अनुसन्धानलाई अन्तिमसम्म लैजानु पर्ने बताएका छन् । उनले अनुसन्धानलाई कुनै बहानामा रोक्ने प्रयास भए जनताले सहन नसक्ने उल्लेख गरेका छन् । अनुसन्धानमाथि हस्तक्षेप गरे नेपाली नागरिकलाई सह्य नहुने पूर्वप्रधानमन्त्री खनालले चेतावनी दिएका छन्।

    उनले भने, ‘नक्कली भुटानी शरणार्थीको केस जुन छ अहिले, यो एउटा लज्जास्पद कुरा हो, देशको अस्मिता गएको छ। संलग्न देखिएका मानिसलाई धिक्कार छ। यो लज्जास्पद छ। यो अनुसन्धानलाई अन्तिमसम्म लगियोस्, यसमा कुनै बाधा खडा गरियो भने र अुनसन्धान प्रक्रियालाई पूर्ण रुपले टुंगोमा लैजानबाट वञ्चित गरियो भने नेपाली नेपाली जनताले सहन गर्नेवाला छैनन्। आन्दोलनको सम्भावना छ। यो आजको सरकार र प्रहरीले सुनोस्।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend