२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रजातन्त्रको विकल्प भनेकै प्रजातन्त्र होः सभापति देउवा


सञ्चार डबली
  • शनिबार, जेठ १३ २०८०
  • 9.8K
    SHARES

  • images
    प्रजातन्त्रको विकल्प भनेकै प्रजातन्त्र होः सभापति देउवा

    काठमाडौं, १३ जेठ । प्रजातन्त्रको सुदृढीकरणका लागि सबै लाग्नुपर्ने नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रलाई बलियो बनाउनका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताएका हुन् ।

    प्रजातन्त्रलाई बलियो बनाउन प्रेस युनियनले खेलेको भूमिका सराहनीय रहेको उनको भनाइ थियो ।“प्रजातन्त्रको विकल्प भनेकै प्रजातन्त्र हो, प्रजातन्त्रको खिलापमा केही शक्ति लागेका छन्, यसप्रति सबै सजग हुनुपर्छ”, सभापति देउवाले भने । लोकतन्त्रमा प्रेसले गर्ने आलोचनालाई सहन सक्ने क्षमता राख्नुपर्ने उनको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend