२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

जनयुद्ध जस्तै कतिबेला दुश्मनको घातप्रतिघातमा परिने हो ठेगान छैनः प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • शनिबार, जेठ १३ २०८०
  • 9.9K
    SHARES

  • images
    जनयुद्ध जस्तै कतिबेला दुश्मनको घातप्रतिघातमा परिने हो ठेगान छैनः प्रधानमन्त्री दाहाल

    काठमाडौं, १३ जेठ । जतिसुकै ठुलो घेराबन्दी भए पनि विकृति र भ्रष्टाचारविरुद्ध लड्नुको विकल्प नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।आज प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनयुद्ध जस्तै भ्रष्टाचारविरुद्धको लडाइँमा हाम फालेको बताएका छन् । उनले यो लडाइँ पनि जनयुद्ध जस्तै कतिबेला घेराबन्दीमा परिने हो कतिबेला दुश्मनबाट मारिने हो भन्ने ठेगान नभएको बताएका उल्लेख गरेका छन् ।

    ‘बेथिति, विकृतिको विरुद्ध, भ्रष्टाचारको विरुद्धको लडाइँमा जनयुद्धको बेलामा जस्तै हाम फालेको अनुभव हुन्छ,’ प्रचण्डले भने, ‘ जनयुद्धको बेलामा कतिबेला मरिन्छ भन्ने थाहा थिएन, अहिलेको लडाइँ पनि त्यस्तै त्यस्तै छ । कतिबेला घेरामा परिने हो, मारिने हो, दुश्मनको घातप्रतिघातमा परिने हो ठेगान छैन ।’ प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा जस्तै अब भ्रष्टाचार र वेथितिविरुद्धको आन्दालेनमा पनि जनताले साथ दिने दाबी गरेका छन् ।

    प्रधानमन्त्री दाहालले केही समयभित्रै अझ ठूलठूला एक्सनहरु हुनेसमेत बताएका छन् । त्यो एक्सनले पार्ने तरंग पनि ठूलठूलो हुने उनको भनाइ छ । अब भ्रष्टाचारविरुद्ध एक्सन लिनुको विकलल्प नभएको जिकिर गरेका छन् । ‘अहिले नदेखिएको मात्रै हो । केही समयभित्रै ठुलाठुला एक्सन हुनेछन् । त्यसले ल्याउने तरंग पनि ठुलै हुनेछ र सबैको साथ जनयुद्धमा जस्तै पाउनेछौं,’ प्रचण्डले भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend