२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

अवरुद्ध संसद सुचारु गर्न प्रमुख तीन दलको बैठक सुरु


सञ्चार डबली
  • शनिबार, जेठ १३ २०८०
  • 8.6K
    SHARES

  • images
    अवरुद्ध संसद सुचारु गर्न प्रमुख तीन दलको बैठक सुरु

    काठमाडौं, १३ जेठ । अवरुद्ध संसद सुचारु गर्ने विषयमा प्रमुख तीन दल छलफलमा जुटेका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा जारी बैठकमा प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शिर्ष नेतासहित प्रमुख सचेतकहरुको सहभागिता रहेको छ ।

    नेकपा (माओवादी केन्द्र) का सांसद राजन दाहालले ओली सरकारमा पशुपतिनाथमा राखिएको सुनको जलहरीमा अनियमितता भएको र त्यसमा ओलीको संलग्नता रहेको भन्दै बिषय उठाए पछि एमालेले सो विषयमा माफी माग्नु पर्ने तथा छानबिन गर्नुपर्ने माग अडान राखिरहेको छ ।

    माओवादीले अनावश्यक आरोप लगाएको भन्दै एमालेले संसद अवरुद्ध गरे पछि हिजो २० मिनेटका लागि स्थगित भएको बैठक पुनः सुचारु नै हुन नसके पछि आज ४ बजेका लागि बोलाईएको छ ।

    जसकाकारण सरकारले पेश गरेको नीति तथा कार्यक्रम माथी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसुची भए पनि एमालेको अवरोधका कारण हिजो सम्भव हुन सकेको थिएन । आज अवरुद्ध संसद खुलाउनका लागि कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालसहित बैठक सुरु भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend