२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपाली राजदूत शर्मा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


सञ्चार डबली
  • बिहीबार , जेठ ११ २०८०
  • 8.9K
    SHARES

  • images
    नेपाली राजदूत शर्मा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


    काठमाडौं, ११ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण जाने भनिएका बेला भारतका लागि नेपाली राजदूत डा.शंकर शर्माले दिल्लीमा कूटनीतिक भेटघाट थालेका छन् । यही १७ जेठबाट प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने भनिएका बेला आज राजदूत शर्माले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका छन् । आज  बिहान राजदूत शर्मा र आफूबीच भेटवार्ता भएको विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् । 

     भेटवार्ताको तस्बिरसहित उनले आफूहरुबीच दुई देशबीचको  गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भएको र आगामी दिनमा यसलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाइएको जानकारी दिएका छन् । १७ जेठबाट प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्ने भनिए पनि यसको औपचारिक रुपमा मिति सार्वजनिक गरिएको छैन । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend