२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

 शरणार्थी प्रकरणः ३० जनाविरुद्ध चार अभियोगमा मुद्दा दायर


सञ्चार डबली
  • बुधबार, जेठ १० २०८०
  • 10.7K
    SHARES

  • images
     शरणार्थी प्रकरणः ३० जनाविरुद्ध चार अभियोगमा मुद्दा दायर

     

    काठमाडौं, १० जेठ ।  जिल्ला सरकारी वकिलको कार्यालयल काठमाडौंले  नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध चार अभियोगमा मुद्दा दायर गरेको छ । प्रहरीको अनुसन्धान प्रतिवेदन प्राप्त गरेपछि बुधबार सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध राज्यविरुद्ध अपराध, संगठित अपराधत्र, ठगी र सरकारी लिखत कीर्ते कसुरमा मुद्दा दायर गरेको हो । 

    पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, खाँणका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप, मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, मोरङका सागर थुलुङ राई, पाँचथरका टंक गुरुङ, दाङका सन्देश शर्मा पोखरेल, सुनसरीका गोविन्द चौधरी, काठमाडौंका रामशरण केसीलगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । 

    जसमध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् ।अभियोगपत्रमा सरकारी वकिलको कार्यालयले २८ करोड ८१ लाख ७४ हजार ठगी पुष्टि भएको दाबी गर्दै सोही बराबरको क्षतिपूर्ति माग गरिएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend