२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

भ्रष्टाचारको सबै फाइल खोलेर कारबाही प्रक्रिया अघि बढाउँनु पर्छः ज्ञानेन्द्र शाही


सञ्चार डबली
  • बुधबार, जेठ १० २०८०
  • 8.2K
    SHARES

  • images
    भ्रष्टाचारको सबै फाइल खोलेर कारबाही प्रक्रिया अघि बढाउँनु पर्छः ज्ञानेन्द्र शाही


    काठमाडौं, १० जेठ । भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाउन राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले माग गरेका छन् ।

    आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समय बोल्दै उनले अख्तियारमा भ्रष्टाचारको फाइलमा धुलो लागेर बसेकाले अब ति फाइल खोलेर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    कर्णालीको विकासका लागि पैसा नभएको जवाफ दिने सरकारले ती भ्रष्टाचारको फाइल खोलेर दोषीबाट पैसा असुलेर राज्यको कोषमा दाखिला गर्नुपर्ने उनको भनाइ छ । यदी भ्रष्टाचारको सबै फाइल खोलेर छानबिन र कारबाही प्रक्रिया अघि नबढाए सदन र सडकबाट संघर्ष गर्ने भन्दै उनले सदन पनि चल्न नदिने चेतावनी दिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend