२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

 सीमा सम्बन्धी समस्यालाई कुटनीतिक माध्यममार्फत समाधान गरिनेछः प्रधानमन्त्री दाहाल 


सञ्चार डबली
  • मंगलबार, जेठ ९ २०८०
  • 10.1K
    SHARES

  • images
     सीमा सम्बन्धी समस्यालाई कुटनीतिक माध्यममार्फत समाधान गरिनेछः प्रधानमन्त्री दाहाल 


    काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुटनीति माध्यममार्फत सीमा विवाद समाधान गरिने बताएका छन् । आज बसेको राष्ट्रियसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सीमा समस्या ऐतिहासिक सन्धी, नक्सा र तथ्य प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट समाधान गर्ने जानकारी दिएका छन् । 

     लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको जानकारी दिँदै उनले थाती रहेको सीमा सम्बन्धी विषयलाई ऐतिहासिक सन्धी नक्सा तथ्य र प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट समाधान गरिने प्रतिबद्धता जनाए । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend